मंगलबार, वैशाख ११, २०८१

नाडाको साधारणसभा आगामी मंसिरमा हुने

मेरोन्यूज २०७८ असोज ९ गते १९:४४

काठमाडौं । नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ ।

काठमाडौंको होटेल सोल्टीमा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी मंसिरमा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन आगामी मंसिर २२ र २३ गते होटेल सोल्टीमा गर्ने निर्णय भएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षसहित २७ जनाको केन्द्रीय कार्यसमितिको निर्वाचन हुनेछ ।

नाडाले देशब्यापी रुपमा ट्राफिक जनचेतना सम्बन्धी अभियानसमेत चलाएको छ । ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर र मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्नेछन् ।
नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया