बिहीबार, वैशाख १३, २०८१

फोटो पत्रकार क्लबको नयाँ नेतृत्व चयन

मेरोन्यूज २०७८ असोज ९ गते १८:३३

काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब नेपालमा नयाँ नेतृत्व चयन भएको छ ।

क्लवको एघारौ साधारणसभाले श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलय संचारग्राम सिनामंगलमा शनिवार साधारण सभा भएको थियो ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्ष नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिव कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्ष राजधानी दैनिकका द्दरिका प्रसाद काफ्ले, सचिब नयाँ प्रत्रिका अमूल थापा निर्विरोध निर्वाचित भएका हुन् । त्यसै गरी गोरखापत्रका बिकास द्घारे प्रबक्तामा चयन भएका छन् । सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटोपत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्विरोध चयन भएका छन् ।

नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया