शुक्रबार, चैत १६, २०८०

९ सय ५३ जना कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

१ हजार ३७१ जना कोरोनामुक्त

मेरोन्यूज २०७८ असोज ९ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरबाट ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा कोरोना संक्रमण पुष्टी भइ देशभरबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार संक्रमणमुक्त हुने दर ९६ दशमलब १ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार शनिवार १ हजार ३ सय ७१ जना डिस्चार्ज भएसगै अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ जना रहेको छ ।

प्रतिक्रिया