शनिबार, वैशाख ८, २०८१

इपीएलः काठमाडौं किङ्स ११ को विजयी शुरुवात

ललितपुर प्याट्रिओट्स ७ विकेटले पराजित

मेरोन्यूज २०७८ असोज ९ गते १५:५०

काठमाडौं । काठमाडौंमा शनिवारबाट शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उदघाटन खेलमा काठमाडौं किङ्स ११ सात विकेटले जीत निकालेको छ ।

काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ५७ रनको लक्ष्य पछ्याएको किङ्स ११ ले १४ दशमलव ४ ओभर खेल्दा ३४ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो ।

काठमाडौंका लागि रायन बर्ल र रहमानुल्लाह गुर्बाजले राम्रो इनिङ खेले । ओपनिङमा आएका गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन जोडे ।

यस्तै, रायन ब्रुलले ३४ बलमा ३ चौका र ७ छक्कासहित ७३ रन जोड्नै नटआउट रहे ।

राजु रिजाल १९ रनमा नटआउन रहँदा ओपनर सुवाष खकुरेल शून्य रनमै पेभेलियन फर्किए । अमित श्रेष्ठ भने रनआउट भएका थिए ।

बलिङतर्फ ललितपुरका लागि पवन सर्राफले एक विकेट बाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुर प्याट्रिओट्सका लागि पवन सर्राफले ६२ रनको योगदान गरेका थिए ।

इपीएलमा आइतबार दुई खेल हुँदैछ ।

पहिलो खेलमा विहान ९ः३० बजे विराटनगर वारियर्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा १ः ३० बजे भैरहवा ग्लाडियटर्स र पोखरा राइनोजबीच खेल हुनेछ ।

प्रतिक्रिया