बिहीबार, वैशाख १३, २०८१

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश बाँड्ने

मेरोन्यूज २०७८ असोज ८ गते २२:१५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट केही प्रतिशत लाभांश बाड्ने भएको छ ।

इन्स्योरेन्सले आ.व. ०७६/७७ को मुनाफाबाट १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित यो लाभांश वीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।

प्रतिक्रिया