शुक्रबार, वैशाख १४, २०८१

फिलिपिन्स एएफसी महिला एसियन कप फुटबलमा छनोट

नेपाल र हङकङ छनोट खेलबाट बाहिरियो

मेरोन्यूज २०७८ असोज ८ गते १९:२८

काठमाडौं । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनोट भएको छ ।

उज्वेकिस्तानमा जारी खेलमा हङकङलाई २–१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो । फिलिपिन्ससँग पराजित भएसँगै हङकङ छनोट खेलबाट बाहिरिएको छ ।

नेपाल भने यसअघि नै पछिल्लो खेलमा हङकङसँग पराजित भई छनोट खेलबाट बाहिरिसकेको छ ।

समूह चरणको दुवै खेलमा जीत निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा मात्र १ अंक जोड्न सक्यो ।

यसै समूहको रहेको नेपालले पनि २ खेलमा १ अंक जोड्यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो भने हङकङसँगको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
भारतमा हुने एसियन कप जनवरी २० देखि फेबु्रअरी ६ सम्म हुनेछ ।

प्रतिक्रिया