बिहीबार, वैशाख १३, २०८१

थप १,४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज ८ गते १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा १,४७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही समयमा ९ संक्रमितको मृत्यु भएको छ भने १,५५० जना निको भएर फर्किएका छन् । अहिले देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया