शुक्रबार, चैत १६, २०८०

बादल प्रसाईँको नयाँ गीत

मेरोन्यूज २०७८ असोज ८ गते १६:५५

काठमाडौं । गायक/संगीतकार एबम मोडेल बादल प्रसाईंले आफ्नो नयाँ गीत ‘पिरती बस्यो नि सानु’ बजारमा आएको छ ।

सुबास रेग्मी निर्माता रहेका उक्त गीतको बजार ब्यबस्थापन तथा निर्माण विन्ध्यवासिनी म्युजिक प्रालिले गरेको हो । गीतमा दिपक शर्माको शब्द संगीत अनि बादलको आवाज रहेको छ ।

गीत विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियोमा चक्र बम र श्रेया कार्कीको अभिनय छ भने अजय रेग्मीले छायांकन गरेको यहि भिडियोलाइ दीपक बिष्टले सम्पादन गरेका छन् ।

भिडियो

प्रतिक्रिया