बिहीबार, चैत १५, २०८०

भारतमा अदालतभित्रै गोली प्रहार ‘मोस्ट वाण्टेड’ गोगीसहित ३ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज ८ गते १६:०८

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित रोहिणी अदालत परिसरमा शुक्रबार साँझ गोलाबारी भएको छ । अदालतभित्र भएको गोली प्रहारमा भारतका ुमोस्ट वाण्टेडु ग्याङस्टार जितेन्द्र गोगीको हत्या भएको छ ।

गोली प्रहारबाट गोगीसहित थप दुई जनाको हत्या भएको छ । गोली प्रहारबाट ४ जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार गोगी आफ्नो पेशीका लागि अदालत पुगेका थिए । सोही क्रममा वकिलको भेषमा आएका दुई जनाले अन्दाधुन्ध गोली प्रहार गरेका थिए ।

दिल्ली पुलिसका प्रमुख राकेश अस्थानाले गोगी अदालतमा आफ्नो सुनवाईका लागि गएका थिए । सोही क्रममा दुई बन्दुकधारीले गोली चलाएका थिए । गोली प्रहार भएसँगै प्रहरीले जवाफी कारबाही गरेको थियो । सो क्रममा दुई जना बन्दुकधारीको मृत्यु भएको छ ।

उपचारको क्रममा गोगीको मृत्यु

वकिल ललित कुमारका अनुसार बन्दुकधारी वकिलको ड्रेसमा आएका थिए । उनीहरूले गोगीको शरीरमा ३ गोली प्रहार गरेका थिए ।

Advertisement

गोगीमाथि बन्दुक प्रहार भएसँगै उनको सुरक्षामा खटिएका प्रहरीले २५-३० राउण्ड गोली प्रहार गरेका थिए । जसमा दुई बन्दुकधारीको घटनास्थलमा नै मृत्यु भएको थियो । कुमारले घटना गोगीको सुनुवाई हुँदै गर्दा भएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया