बिहीबार, चैत १५, २०८०

राजा बन्छु भन्दै संग्रहालयबाट श्रीपेच निकाल्ने युवा पक्राउ

मेरोन्यूज २०७८ असोज ८ गते १४:५३

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्ने प्रयास भएको छ । श्रीपेच निकाल्न प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

शुक्रबार संग्रहालयको अवलोकन गर्न आइपुगेका रुकुम मुसिकोट नगरपालिका ११ स्थायी घर भई हाल काठमाडौँको म्हेपीमा बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले राजा बन्ने भन्दै श्रीपेच निकाल्ने प्रयास गरेका हुन् । उनले सोकेस फुटाएर श्रीपेच झिक्ने प्रयास गरेका थिए ।

उनले रुपन्देही कक्षमा रहेको श्रीपेच झिक्न खोजेको प्रहरीले जनाएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । पक्राउ परेका व्यक्तिको मानसिक अवस्था सही नभएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया