शुक्रबार, वैशाख १४, २०८१

६४ जिल्लामा पालिका अधिवेशन असोज ९ गते, बाँकी अधिवेशन हेरफेर हुन सक्ने

मेरोन्यूज २०७८ असोज ८ गते १३:३६

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन गर्ने बैठकले निर्णय गरेका छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै जिल्लाको पालिका अधिवेशन एकैपटक गर्ने प्रस्ताव गरेका थिए । केन्द्रीय कार्य समितिले १४ औँ महाधिवेशनको आवश्यकताअनुसार विधानका प्रावधान निलम्बन गर्ने र त्यसलाई महाधिवेशनबाट अनुमोदन गरिने उनले बताए । उनले चाडै केन्द्रीय समितिको बैठकले विधानको हेरफेर गर्ने बताए ।

क्रियाशील समस्या देखिएका १३ जिल्लाको सक्रिय सदस्यतामा देखिएको विवाद समाधान भए छिटै सार्वजनिक गरिने सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । उनले हिमाली क्षेत्र र १३ जिल्लाको नगर र वडाको टुंगो दसैँअघि लगाउने र अरु जिल्लामा तिहारपछि अधिवेशन गर्ने जानकारी दिए ।

महाधिवेशन दुई महिनापछि सार्नेबारे छलफल भइरहेका बैठकामा सहभागी एक नेताले बताए । ती नेताले मंसिरमा प्रदेश अधिवेशन गरेर माघको मध्यतिर महाधिवेशन गर्ने गरी छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया