शुक्रबार, चैत १६, २०८०

आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

मेरोन्यूज २०७८ असोज ८ गते १३:०३

काठमाडौँ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदन ‘हेर्न नमिल्ने’मा राखिएको छ । सुनुवाईका लागि शुक्रबार पेसी तोकिए इजलासले ‘हेर्न नमिल्ने’ ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा पेसी तोकिएको पनि सो निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

आलमलाई थुनामा राखेर सुनुवाई प्रक्रिया अघि बढाउने गरी तल्लो अदालतले फैसला गरिसकेको छ । तर, उनले आफू थुनामुक्त हुनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

विष्फोटक पदार्थ बम बनाउने क्रममा विष्फोट भई घाइते भएका करिब दुई दर्जन व्यक्तिलाई जिउँदै आगो लगाएरमा मारेको आरोपमा उनी पक्राउ परेका थिए ।

उनले दायर गरेको रिट निवेदन यसअघि पटकपटक पेसी तोकिएको थियो । तर, सुनुवाई हुन सकेको थिएन ।

Advertisement

प्रतिक्रिया