बुधबार, वैशाख १२, २०८१

गायिका इन्दिराले गरिन् इन्गेजमेन्ट

मेरोन्यूज २०७८ असोज ८ गते ७:४३

काठमाडौँ । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । उनले बिहीबार सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन् ।

हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर गएका उनीहरुले त्यहाँ इन्गेजमेन्ट गरेका हुन् । शरदले इन्दिरालाई औंठी लगाएको भिडिओ सार्वजनिक भएको छ ।

गायिका इन्दिराले केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी थिइन् । प्रेममा रहेको केही महीनामै इन्दिराको सरप्राइज इन्गेजमेन्ट भएको हो ।

प्रतिक्रिया