बुधबार, वैशाख १२, २०८१

क्रिकेटर बिनोद र सञ्चारकर्मी सोनिकाबीच इङगेजमेन्ट

विवाह दशैंको टिकाको दिन गर्ने

मेरोन्यूज २०७८ असोज ६ गते २१:३८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य विनोद भण्डारीले सञ्चारकर्मी सोनिका अर्यालसँग ईंगेजमेन्ट गरेका छन् ।

काठमाडौंमा बुधबार इंगेजमेन्ट कार्यक्रम गरी उनीहरुले औंठी साटेका थिए । इंगेजमेन्टमा दुवैतर्फका परिवारका सदस्यहरु मात्रै सहभागी थिए । उनीहरुको बिवाह दशैंको टिकाको दिन गर्ने तय भएको छ ।

मोनिका पछिल्लो समय ग्यालेक्सी फोके टिभीमा आवद्ध छिन् । खेल रिर्पोटिङ् गर्ने सोनिका रिपोर्टिङकै क्रममा विनोदसँग नजिकिएकी हुन् । क्रिकेटर बिनोद कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी हुन् ।

विनोद र सोनिकाबीच ४–५ वर्षदेखि प्रेम थियो ।

प्रतिक्रिया