शुक्रबार, चैत १६, २०८०

सार्कका परराष्ट्रमन्त्रीहरुको वार्ता स्थगित

मेरोन्यूज २०७८ असोज ६ गते ९:५७

काठमाडौँ । दक्षिण एसियाली सहयोग संगठन (सार्क) का परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता नहुने भएको छ । हरेक वर्ष संयुक्त राष्ट्रसंघको महासभा बैठकको क्रममा हुने सो बैठक यस वर्ष नहुने भएको हो ।

अफगानिस्तानको प्रतिनिधित्वको विषयमा सदस्य मुलुकहरुबीच कुरा नमिल्दा बैठक नहुने बताइएको छ । अफगानिस्तान पनि सार्क सदस्य राष्ट्र हो । सेप्टेम्बर २५ मा वार्ताको मिति तय भएपनि उक्त मिति रद्ध गरिएको आयोजक मुलुक नेपालले अन्य मुलुकलाई जानकारी गराएको छ । काठमाडौंस्थित सार्क सचिवालयले सबै मुलुकलाई बैठक रद्ध गरिएको जानकारी गराइसकेको बताइएकोछ ।

यसअघि भारत र पाकिस्तानको तनावको कारण परराष्ट्रमन्त्रीहरुको वार्ता हुन सकेको छैन । परराष्ट्रमन्त्रीहरुको वार्ता हुन नसक्दा १९ औं शिखर सम्मेलन अनयोल भएको छ ।

प्रतिक्रिया