शुक्रबार, वैशाख ७, २०८१

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री

मेरोन्यूज २०७८ असोज ६ गते ९:४४

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । राजन पोखरेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिउपछि क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् ।

यसअघि क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ ।

क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष काम गरेको अनुभव छ । अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया