शनिबार, वैशाख ८, २०८१

निजामती कर्मचारी संगठनमा विवाद, कार्यालयको विषयमा दुवै पक्षबीच झडप

मेरोन्यूज २०७८ असोज ५ गते ९:२७

काठमाडौँ । नेकपा एमाले विभाजनको असर कर्मचारी संगनठमा पनि देखिएको छ । एमाले विभाजन पछि एमाले निकट कर्मचारी संगठन पनि विभाजन भएको हाे ।

एमाले विभाजन गरेर माधव कुमार नेपालले नयाँ दल दर्ता गरेका थिए । त्यसपछि जनवर्गी संगठन पनि विभाजन भइरहेका छन् । कर्मचारी संगठन विभाजन हुँदा कार्यालयको लागि विवाद पनि सुरु भएको छ । दुवै पक्षले सिंहदरवारको पक्षीम गेटमा रहेको कार्यालय भवन कब्जा गर्ने रणनीति बनाएका छन् । उक्त कार्यालय कब्जा गर्ने उद्देश्य राखेपछि दुवै पक्षबीच झडप भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको अध्यक्षमा केदार देवकोटा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पक्षको अध्यक्षमा रेवन्त गौतम छन् । झडप पछि ओली पक्षका अध्यक्ष देवकोटालाई अनमानगरस्थित प्रहरी कार्यालयमा र नेपाल पक्षका अध्यक्ष गौतम, पूर्व अध्यक्ष मोहन घिमिरे, महासचिव शरण गुरुङ लगायतलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

यस्तै एमालेले उक्त घटनाप्रति आपति जनाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गरी नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयमा अक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया