बुधबार, वैशाख १२, २०८१

कर्णालीका योजना आयोग सदस्यको राजीनामा

मेरोन्यूज २०७८ असोज ४ गते २१:५४

काठमाडौं । कर्णाली प्रदेशका योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष शाहीले राजीनामा पत्र बुझाएका हुन् ।

राजनीतिक घटनाक्रम र व्यवहारिक समस्याका कारण राजीनामा दिनुपरेको शाहीले बताएका छन् ।

राजीनामा दिए पनि आफू कर्णाली प्रदेशका लागि स्वंयसेवी भएर काम गर्न तयार भएको र कर्णालीको विकासका लागि सधैं लागिपर्ने उनको भनाई छ ।

योजना आयोगका सदस्य शाही विगतका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा कर्णाली योजना आयोगको सदस्य भएका थिए ।

प्रतिक्रिया