शिल्पाका पति धरौटीमा छुटे

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान राज कुन्द्रा धरौटीमा छुटेका छन् ।
पोर्नोग्राफी अर्थात अश्लील भिडिओ बनाएको अभियोगमा पक्राउ परेका कुन्द्रा धरौटीमा छुटेका हुन् । मुम्बईको एक अदालतले ५० हजार रुपैयाँ धरौटीमा कुन्द्रालाई रिहा गरेको बीबीसीले जनाएको छ ।
गत बिहीबार मुम्बई प्रहरीले कुन्द्रविरूद्ध करिब १४ सय पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो । राजले शनिबार अनुसन्धान सकिएको र अभियोग पत्र बुझाइसकेको भन्दै जमानतका लागि अपील गरेका थिए ।
प्रहरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो । उनीसँगै पक्राउ परेका एक महिलासहित पाँच जना पनि सोमबार नै रिहा भएका छन् ।
कुन्द्रा गत जुलाइ १९ मा पक्राउ परेका थिए । उनले सुरूदेखि नै आफूमाथि झूटो आरोप लागेको बताउँदै आएका थिए । यसअघि पनि उनले धेरैपटक जमानतका लागि अपील गरे पनि अदालतले अस्वीकार गर्दै आएको थियो ।
यद्यपि प्रहरीको अभियोगपत्रमा राजलाई अश्लील फिल्म बनाउने ‘मुख्य योजनाकार’ भनिएको छ । उनले फिल्म दुनियाँमा संघर्ष गरिरहेका युवतीहरूलाई प्रलोभन दिएर अश्लील भिडिओमा खेलाएको आरोप छ ।
शिल्पा र राजको सन् २००९ मा बिहे भएको थियो । उनीहरूका एक छोरा र एक छोरी छन् ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया