शुक्रबार, चैत १६, २०८०

सत्ता गठबन्धनकै दलले संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने

मेरोन्यूज २०७८ असोज २ गते १६:३०

काठमाडौं । सत्तारुढ गठबन्धनमै रहेको एउटा दलले आइतबारको संविधान दिवसको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा भाग नलिने तथा संविधानको विरोध गर्ने जनाएको छ ।

जसपाले असोज ३ गते संविधान संशोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा ‘संविधान संशोधनको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

जसपाले संविधानमा रहेका विभेदकारी प्रावधानहरुको विरोध गर्न आम समुदायलाई आह्वान गरेको छ ।

नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी जनजाति, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका साथै उत्पीडित समुदायले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जससा अध्यक्ष यादवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण रहेको जसपाले जनाएको छ ।

प्रतिक्रिया