शुक्रबार, चैत १६, २०८०

रेडपाण्डाको छालासहित चार जना पक्राउ

मेरोन्यूज २०७८ असोज २ गते १६:०४

सुर्खेत । रेडपाण्डाको छालासहित सुर्खेतबाट चार जना पक्राउ परेका छन् ।

होटलमा बसिरहेको अवस्थामा उनीहरूलाई रेडपाण्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा छन् ।

पक्राउ परेकाहरुले आफूले ओसारपसारको काम मात्रै गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । छाला पुर्याउन ५० हजार रुपैयाँ लिने सहमति गरेको बयानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया