बिहीबार, चैत १५, २०८०

अफगानिस्तानमा विद्यालय खुल्न सुरु, शिक्षक र छात्रमात्रै जान पाउने

मेरोन्यूज २०७८ असोज २ गते १४:१०

काठमाडौँ । तालिवानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करिब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) शनिबारदेखि सञ्चालनमा आएको हो ।

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन अध्यापनमा फर्किन आग्रह गरेको छ । यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।

प्रतिक्रिया