बिहीबार, चैत १५, २०८०

नगदसहित २० जुवाडे पक्राउ

मेरोन्यूज २०७८ असोज २ गते १४:०३

काठमाडौँ । काठमाडौँको जोरपाटीबाट २० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका ५ स्थित तिब्बतियन क्याम्पभित्र घर रहेका धावा ढुण्डुपको घरबाट उनीहरूलाई ४ लाख ७४ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

जुवा खेलिरहेको स्थानबाट २० बुक तास, क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिहरुको नाममा काटेका २८ थान चेक र सय थान कौडा पनि प्रहरीले बरामद गरेको छ ।

यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका हुन् ।

प्रतिक्रिया