बुधबार, वैशाख १२, २०८१

निजामती कर्मचारीले भ्रष्टाचार रोक्न भूमिका खेल्नु पर्छ : नेता बादल

मेरोन्यूज २०७८ असोज २ गते १३:३६

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले निजामती कर्मचारीले भ्रष्टाचार रोक्न महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वाइट भएको संगठनको भेलालाई सम्बोधन गर्दै उनले देश विकास गर्न निजामती कर्मचारीले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

‘यो कर्मचारीको राष्ट्रिय भेला हो, केही पुरातन सोच राख्ने कर्मचारी तथा व्यक्तिहरू बाहिर गए, पुरातन सोच भएका व्यक्तिहरू जान आवश्यक छ नै,’ उनले भने, ‘एकीकरणको यो भेलामार्फत सबै प्रगतिशील संगठन एक हुनु पर्ने सन्देश दिएको छ ।’

प्रतिक्रिया