बिहीबार, चैत १५, २०८०

हात्तिवन रिसोर्टमा बास बसेर प्रचण्ड जनकपुरमा

मेरोन्यूज २०७८ असोज २ गते १३:०३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर पुगेका छन् । माओवादी केन्द्रको प्रदेश २ को अगुवा नेता कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई प्रशिक्षण गर्ने उदेश्यले प्रचण्ड जनकपुर पुगेका हुन् ।

शुक्रवार दिउँसो फर्पिङस्थित हात्तिवन रिसोर्टमा परिवारसहित फ्रेस हुन पुगेका प्रचण्ड साँझ त्यही रिसोर्टमा बास वसेर आज विहानै जनकपुर पुगेका हुन् । उनलाई माओवादी प्रदेश २ का इन्चार्ज गणेश शाह लगायतका नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रचण्डसँगै माओवादी केन्द्रका स्थायी समिति सदस्य मात्रिका यादव पनि जनकपुर पुगेका छन् ।

प्रचण्ड र मात्रिका यादवलाई जनकपुरमा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, सहइन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साह, प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद शाह सहितका अन्य नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई प्रचण्डले शनिवार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया