बिहीबार, चैत १५, २०८०

लोपन्मुख राउटे जाति पुगे सल्यानको घाटगाउँ

मेरोन्यूज २०७८ असोज २ गते १२:०२

काठमाडौँ । नेपालको अति लोपोन्मुख राउटे जातिले पुनः बास स्थान परिवर्तन गरेको छ । उनीहरू अहिले सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ घाटगाउँमा पुगेका हुन् ।

उनीहरू भेरी किनारस्थित बालुवा संग्रहीबाट एक हप्ताअघि घाटगाउँ पुगेका हुन् । आफ्नो समूदायका कोही सदस्यको मृत्यु भए बास स्थान परिवर्तन गर्ने उनीहरूको समूदायमा गत महिना ३ जनाको मृत्यु भएको थियो ।

आफ्नो समूदायको सदस्यको मृत्यु भएसँगै उनीहरू सल्यानको कुपिण्डेस्थित घाटगाउँ पुगेका हुन् । फिरन्ते समुदाय राउटे जातिमा हाल १४१ जना रहेका छन् ।

प्रतिक्रिया