शुक्रबार, चैत १६, २०८०

नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

मेरोन्यूज २०७८ असोज २ गते ११:४३

महत्तोरी । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत १३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेका छन् ,

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार उनीहरूलाई गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ गरेको हो । उनीहरुको साथबाट हजार रुपैयाँका २२ थान, ५ सय रुपैयाँका तीन थान, सय रुपैयाँका २७ थान, ५० रुपैयाँका ६ थानसहित भारु सयका तीन थान नोट बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया