शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीबीच इन्द्र जात्रा सुरु (फोटोफिचर)

जुली गिरी २०७८ असोज २ गते १०:१२

काठमाडौँ । आजदेखि काठमाडौँमा इन्द्रा जात्राको उत्सव सुरु भएको छ । गत वर्ष कोरोना भाइरस (कोभिड–१९) महामारीले मनाउन नपाएको इन्द्र जात्रा यस वर्ष कोरोनाका बीच मनाउन सुरु भएको हो ।

उत्सवका लागि काठमाडौँका विभिन्न ठाउँबाट नेवार समुदायका मानिस उपस्थित भएका थिए । हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिनदेखि यो जात्रा सुरु हुने गर्दछ ।

जात्राका लागि हनुमान ढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर पर्वको सुरुवात हुने गर्दछ । आज बिहान लिङ्गो ठड्याएर जात्राको सुरुवात गरिएको छ । जात्रा आठ दिनसम्म मनाउने प्रचलन रही आएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया