शुक्रबार, चैत १६, २०८०

एक गीत : जसले पूरा विश्व झुमाइरहेको छ

मेरोन्यूज २०७८ असोज २ गते ९:०२

मनी हाइष्टको पाँचौ तथा अन्तिम सिजनको पहिलो भाग ३ सेक्टेम्बरबाट प्रर्दशनमा आएको छ । यसको दोस्रो भाग ३ डिसेम्बरबाट प्रर्दशनमा आउने तयारीमा रहेको छ । मनी हाइस्ट एक स्पेनिश सिरिज हो जुन स्पेनमा कासा दी पेपेल नाममा प्रर्दशन भएको थियो । यसको नेपाली अर्थ भने कागजको घर हुन्छ ।

शुरुवातमा यो सिरिज स्पेनमा मात्रै प्रर्दशित थियो । स्पेनको एन्टिना ३ टिभी च्यानलमा प्रर्दशन हुँदा यस सिरिजको जम्मा ४ मिलियन अर्थात ४० लाख दर्शक थिए । नेटफिक्समा प्रर्दशन भएपछि हाल यसको दर्शक ३४ मिलियन अर्थात तीन करोड ४० लाखभन्दा बढी दर्शक कमाएको छ । नेपालमा पनि यो सिरिजको दर्शक उल्लेख्य मात्रामा छन् ।

यदि, तपाई मनी हाइष्ट सिरिजको प्रशंसक हुनुहुन्छ भने सिरिजमा बज्ने बेला चाओ गीत त अवश्य सुन्नु भएको होला । वास्तवमा भन्ने हो भने यो गीत सिरिजको ज्यान हो । यो गीत सिरिजको केन्द्रमा रहे पनि आजको भने होइन । यसको आफ्नै इतिहास छ । बेला चाओ इटालीको ग्रामीण भाका हो अथवा भनौँ इटालीको लोक गीत हो । इतिहास भोगेको यो गीतको आफ्नै प्रकारको ऐतिहासिकता छ । किनभने, यो गीत इतिहासमा दुईपटक निकै चर्चित थियो ।

यो गीत इटालीको धान बारीमा काम गर्ने महिलाहरू जसलाई स्थानीय भाषामा मोदिना भनिन्छ । उनीहरुको दुर्दशा व्यक्त गर्न गाइने गीत हो । मोदिना इटालीयन शब्द हो, जसको अर्थ धान बारी भन्ने हुन्छ । इटालीको पो बेसिन नदीको किनारमा सन् १८९० को दशकमा धान बारीमा काम गर्ने महिलाको अवस्था दर्दनाक थियो ।

यी महिलाले इटालीको पूर्व–औद्योगिक समयलाई प्रतिनिधित्व गर्छन् । यो गीतको रचना कसरी भयो भन्ने खास जानकारी कसैलाई नभए पनि त्यस समयमा यो गीतको शब्द फरक प्रकारको रहेको बताइन्छ ।

Advertisement

२० औँ शताब्दी त्यसमा पनि दोस्रो विश्व युद्धको दौरान यो गीत पुनः चर्चित थियो । त्यस समयमा इटालीका शासक मुसोलिनीको फाँसीवादी चर्चित आम मानिसको जीवनमाथि हावी थियो । त्यसको विरोधमा त्यहाँ एक प्रकारको प्रतिरोध आन्दोलनको शुरु भएको पाइन्छ । यही आन्दोलनका क्रममा बेला चाओ गीत नयाँ प्रकारमा आयो ।

पहिला यो गीतमा ग्रामीण क्षेत्रका श्रमिक महिलाले आफ्नो दुःख व्यक्त गर्न गाउथे भने दोस्रो युद्धताका मानिसले देशमा परिर्वतन र स्वतन्त्रताका लागि गाउन थाले । यसका अलावा दोस्रो विश्व युद्धपछि यो गीत इटालीको ब्राण्डिङ गर्न पनि प्रयोग भएको बताइन्छ ।

यो गीत युरोपका कैयौँ क्लब जुन आजका मितिसम्म छन् । तिनीहरूको एन्थम गीत नै भएको छ । यो गीतलाई दुनियाँभरका संगीतकारले आ–आफ्नो हिसाबमा संगीत दिएका छन् । यति लामो इतिहास बोकेको यो गीतको विशेषता भनेको परिवर्तनशील समयमा समेत प्रभाव नघट्नु हो । यो गीतमा अझै अवज्ञा र विद्रोहको झलक पाउन सकिन्छ । गीतले अझै त्यही किसिमको अवज्ञा र विद्रोहको तरंग दिन्छ । जुन इटालीको नदी किनारका धान बारीमा काम गर्ने महिलामा दिन्थ्यो ।

सन् २०१५ मा जब ग्रीसको वामपन्थी दल सिरिजा पार्टीले सत्ता प्राप्त गरेको थियो । उक्त अवसरमा सिरिजा पार्टी समर्थकले सडकमा निस्किएर यही गीत गाएका थिए । यसका अलावा स्पेनको बार्सिलोनामा भएको प्रर्दशनमा यही गीत प्रयोग भएको थियो । यस्तै, २०१९ मा फ्रान्समा भएको येलो वेस्ट मुभमेण्टमा आन्दोलनकारीले प्रर्दशन गर्ने तरिकामा यो गीत पनि सामेल थियो ।

मनी हाइष्टको सफलतासँगै आज विश्वभरका धेरै युवाको मन–मस्तिष्कमा यो गीत छाएको छ ।

प्रतिक्रिया