शुक्रबार, चैत १६, २०८०

आइपीएलका बाँकी खेल पुन: सुरु हुने

मेरोन्यूज २०७८ असोज २ गते १०:४४

इण्डियन प्रिमियर लिग (आइपीएल) का स्थगित बाँकी ३१ खेल आइतबारदेखि सुरु हुने भएको छ । भारतमा कोरोना भाइरस संक्रमणको दर बढेसँगै गत मे महिनामा चालु अवस्थामा रहेको प्रतियोगिता स्थगित भएको थियो । जुन आइतबारदेखि पुनः सुरु हुने भएको हो । खेल स्थगित हुनुपूर्व २ मेमा पञ्जाब र दिल्लीबीच खेल भएको थियो । जसमा दिल्ली ७ विकेटले वियजी भएको थियो ।

कोरोना महामारीले भारतका चार शहरमा मात्रै आयोजना भएको १४ औँ संस्करणको आइपीएलका आधा खेल बाँकी हुँदा खेलाडीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रतियोगिता स्थगित गर्ने निर्णय भएको थियो । बाँकी प्रतिस्पर्धा आयोजना हुने नहुने दुविधाबीच प्रतियोगिता हुने भएको हो । पुनः सुरु भएको खेलमा भारतका प्रभावशाली ब्याट्यास म्यान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इण्डियन्स र भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङसबीच हुँदै छ ।

७ खेल खेलेको राजस्तान रोर्यल्सले ३ खेलमा जित र ४ खेलमा हार व्यहोरेर तालिकाको ५ औँ स्थानमा छ । ८ खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको पञ्जाब छैठौँ स्थानमा छ । ७ खेल खेल्दै २ मा जित र ५ खेल हारेको कोलकत्ता सातौँ स्थानमा छ भने सनराईजस् हैदारावाद आठौँ स्थानमा छ । ७ खेल खेलेको उसले १ खेल जित्दा ६ खेलमा पराजय भोगेको छ ।

प्रतियोगिताको आधा खेल सकिँदासम्म सबैभन्दा धेरै विकेट लिने खेलाडी बेङ्लोरका हर्सल पटेल रहेका छन् । उनले ७ खेलमा २८ ओभर बलिङ गर्दै १७ विकेट लिएर पर्पल क्याप पाएका छन् । प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी विकेट लिने खेलाडीलाई उक्त क्याप दिइन्छ । १७ विकेट लिँदै गर्दा उनले २ सय ५७ रन खर्चिएका थिए । धेरै विकेट लिने बलरको सूचीको दोस्रो नम्बरमा दिल्लीका खेलाडी अवषेस खान छन् । उनले ८ खेलमा ३० ओभर बलिङ गर्दै २ सय ३० रन खर्चिएर १४ विकेट लिएका छन् ।

प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी रन बनाएर ओरेञ्ज क्याप पाउने खेलाडी दिल्लीका शेखर धवन हुन् । आफ्नो टिमले खेलेको ८ खेलबाट उनले ३ सय ८० रन बनाएका छन् । उनलाई पछ्याइरहेका छन्, पञ्जावका कप्तान केएल राहुलले । राहुले ७ खेलबाट ३ सय ३१ रन बनाएका छन् ।

Advertisement

यस्तै, भारतमा नै आयोजना हुने भनिएको यो वर्षको टि–२० विश्वकप युएई र ओमानका चार रंगशालामा आयोजना हुँदैछ । सन् २०२० मा भारतमा आयोजना गर्ने तयारी गरिएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो । यो वर्षको शुरुवातसम्म टि–२० विश्वकप भारतमा आयोजना गर्ने तयारी भएको थियो ।

यद्यपि, कोरोना महामारीले विश्वकप जस्ता ठूला प्रतियोगिता भारतमा आयोजना गर्नु चुनौती पूर्ण हुँदा युएईमा आयोजना हुन लागेको हो । भारतबाहिर आयोजना हुने भए पनि भारतीय क्रिकेट बोर्ड बिसिसिआई नै विश्वकपको आयोजक हुने छ । १९ सेक्टेम्बरबाट शुरु हुने आइपीएल १५ अक्टोबरमा सकिने छ भने त्यसको दुई दिनपछि अर्थात १७ अक्टोबरबाट टि–२० विश्वकप शुरुवात हुँदैछ ।

प्रतिक्रिया