बिहीबार, वैशाख १३, २०८१

अफगानिस्तानबाट थप ३४ नेपाली स्वदेश फिर्ता हुँदै

मेरोन्यूज २०७८ असोज २ गते ७:५६

काठमाडौँ । अफगानिस्तानमा अलपत्र परेका ३४ नेपालीलाई आज स्वदेश ल्याइने भएको छ । तालिवानले पूरै देश कब्जा गरेसँगै अफगानिस्तानको अवस्था सहज नभएपछि बाँकी नेपालीलाई ल्याउने भएको हो ।

गैर कानुनी तरिकाले कामका लागि अफगानिस्तान पुगेका उनीहरूसँग स्वदेश फिर्ता हुने आवश्यक कागज पत्र छैन । यसैबीच उनीहरूलाई फर्काउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको हो ।

अफगानिस्तानमा भएका नेपालीले शनिबार बिहान करिब १० बजेसम्ममा काबुल छाड्ने छन् । सोही जहाजमा संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा कार्यरत करिब सय जना नेपालीसमेत आउने भएका छन् ।

अमेरिकी सेनाले गत अगस्ट ३० गते अफगानिस्तान छाडेसँगै नेपालीसहित विदेशी नागरिकहरू आआफ्नो देश फर्किँदै आएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता भइसकेका छन् ।

प्रतिक्रिया