बिहीबार, वैशाख १३, २०८१

पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

मेरोन्यूज २०७८ असोज २ गते ७:०१

कञ्चनपुर । जिल्लाको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि निर्घात कुटपिट भएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि कुटपिट गरेको हो ।

युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।

कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन । इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा संलग्नको खोजी भइरहेको जानकारी दिए । घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गरिने उनले बताए । कुटपिटमा संलग्नमध्ये कोही पक्राउ परेका छैनन् ।

प्रतिक्रिया