बिहीबार, वैशाख १३, २०८१

विद्यार्थी

मेरोन्यूज २०७८ असोज २ गते ८:३३

म हुँ एक विद्यार्थी, पढ्ने मेरो काम
पढी लेखी ठूलो बनी, राख्छु देशको नाम

दिनभरि पढ्छु जुममा, खेल्छु साँझमा
गर्छु कुरा मिठामिठा, आमाबाको माझमा

कुनै कुरामा मैले, मान्ने छैन हार
मै त हो नि, यो देशको कर्णधार

राम्रो राम्रो काम गर्न, सधै अघि सर्छु
अशक्त र असहायलाई, सहयोग पनि गर्छु

सबैजना स्कुल जाँदा, कति खुसी हुन्छन्
गुरुजनको कुरालाई, ध्यान दिएर सुन्छन्

मलाई त स्कुलमै जान, साह्रै मन छ
तर यो कोरोनाले, घरै बस् भन्छ

कहिले होला अब फेरि, स्कुलमा जाने
साथी भाइ सबैसँग, पढ्ने रमाउने ।।

नाम : वुभुत्सु सुवेदी

कक्षा : ७

स्कुल : मिल्सबेरी

प्रतिक्रिया