शुक्रबार, वैशाख १४, २०८१

चौधरी एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष चयन

मेरोन्यूज २०७८ असोज १ गते २१:५८

बुटवल । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश समितिको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् ।

शुक्रबार बुटवलमा बसेको पार्टीको प्रदेशस्तरीय भेलाले चौधरीलाई प्रदेश अध्यक्ष चयन गरेको हो । दाङबाट प्रतिनिधिसभामा निर्वाचित चौधरी एमाले विभाजनकाबेला माधव समूहमा सक्रिय ढंगले लागेको थिए ।

एमाले लुम्बिनी प्रदेशको सचिवमा राजु गुरुङ चयन भएका छन् । प्रदेश समितिको सचिवालयमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् ।

प्रतिक्रिया