शुक्रबार, वैशाख ७, २०८१

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको तयारी तीब्र

मेरोन्यूज २०७८ असोज १ गते २१:३९

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन गर्ने अक्टोबर २० गर्ने गरी तयारी तीब्र पारिएको छ ।

निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको निर्वाचन समितिले जनाएको छ ।

हाल उपलब्ध नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका लागि प्राविधिक लगायत अन्य विविन्न पूर्व तयारी भइसकेको छ ।

सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै लागिरहेको छ ।

प्रतिक्रिया