बुधबार, वैशाख १२, २०८१

प्रदीप ज्ञवालीको प्रश्नः हामीले एमसीसी पास गर्न खोज्दा किन रोकियो ?

मेरोन्यूज २०७८ असोज १ गते २०:५९

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा सत्ता गठबन्धनका दलहरुले रोकेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरण ः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सत्ता गठबन्धनकै दलहरुले किन अवरोध गरेको भनी प्रश्न गरे ।

उनले एमसीसी सम्झौता गलत भए किन सम्झौता गरेको भनी सत्ता गठबन्धनका दलहरुलाई प्रश्न गरेका छन् ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै नेता ज्ञवालीले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुले धारणा सार्वजनिक गर्ने स्पष्ट गरे ।

ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास हुन नसक्ने पनि दाबी गरेका छन् ।

उनले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिए ।

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए ।

यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको भनाइ थियो ।

प्रतिक्रिया