शुक्रबार, वैशाख १४, २०८१

असोज १० देखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

मेरोन्यूज २०७८ असोज १ गते १९:०७

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरीलगायतको शुक्रबार बसेको बैठकले आगामी असोज १० गते देखि दशैको लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँगको समन्वयमा अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ ।

दशैका बेला भीडभाड हुने र अगाडी नै टिकट बुकिङ गरेर सजिलो र सहज यात्राका लागि ब्यवस्थापन गर्नका लागि दशैमा अग्रिम टिकट बुकिङ गर्ने गरी निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया