शनिबार, वैशाख ८, २०८१

भारतमा झण्डै ३४ हजारमा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ असोज १ गते १७:४७
Coronavirus on scientific background

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टाभित्र ३४ हजार ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट भारतमा ३२० जनाको मृत्यु भएको छ । कोरोना शुरु भएदेखि हालसम्म कोरोनाबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालका दिनमा कोरोना संक्रमण र मृत्यु भएका प्रायः व्यक्ति भारतको दक्षिणी राज्य केरलामा रहेका छन् ।

हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमण शुरु भएदेखि हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया