बिहीबार, वैशाख १३, २०८१

आगामी ४ गतेदेखि काठमाडौँमा भेरोसेलको दोस्रो डोज लगाइने

मेरोन्यूज २०७८ असोज १ गते १७:०५

काठमाडौँ । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिने भएको छ । आगामी सोमबारदेखि ३ दिनसम्‍म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ महानगरपालिकाको सबै वडामा खोप लगाइने भएको छ । वडाभित्र तोकिएको स्थानबाट कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले पत्र जारी गरी जानकारी दिएको छ ।

यस्तै, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, तार्केश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाहरूको विभिन्न स्थानबाट भेरोसेलको दोस्रो डोज खोप लगाउन सकिने मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, वीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूती गृहलगायत अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया