मंगलबार, चैत ६, २०८०

बैंकले बढाए ब्याजदर, आजदेखि लागू

मेरोन्यूज २०७८ असोज १ गते १६:३३

काठमाडौँ । कोरोना भाइरसको प्रभाव घटेसँगै बजारमा लगानी योग्य रकमको अभाव देखिएसँगै बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् ।

बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्यांकअनुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक (७ ५) रहेको छ ।

बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम ९ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेका छन् ।

त्यसैगरी एनएमबी बैंकले ९ दशमलव ५२, सानिमा बैंकले ९ दशमलव ५१, ग्लोबल आइएमई बैंकले ९ दशमलव ५० प्रतिशत नबिलले साधारणमा ९ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले ९ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले ९ दशमलव २५, हिमालयन बैंकले ९ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ९ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले ९ प्रतिशत ब्याज दिने बताएका छन् ।

त्यस्तै बैंक अफ काठमाडौँले ८ दशमलव ७७ प्रतिशत, नेपाल बंगलादेश बैंकले ८ दशमलव ७६ प्रतिशत, माछापुच्छे बैंकले ८ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले ८ दशमलव ६१ प्रतिशत, एनआइसी एसिया बैकले ८ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ८ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले ८ दशमलव ५५, कुमारी बैंकले ८ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले ८ दशमलव ५ प्रतिशत, प्रभु बैंकले ८ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले ८ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् ।

Advertisement

बैंकहरूले साधारण निक्षेपमा न्यूनतम ४ दशमलव २६ देखि अधिकतम ६ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् ।

बजारमा लगानी योग्य रकम अभाव देखिएको अवस्थामा आफ्नो निक्षेपबाहिर जान नदिन बैंकहरूले ब्याजदर बढाएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म तीन खर्ब ५२ अर्ब २९ करोड रुपैयाँ एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा ७ दिनका अवधिको २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको ३० अर्ब र भदौ ३१ मा २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ ।

प्रतिक्रिया