मंगलबार, चैत ६, २०८०

थप एक हजार ५५८ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज १ गते १६:१८
फाइल फाेटाे

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ५५८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा एक हजार ३५१ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।

हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया