मंगलबार, चैत ६, २०८०

नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने

मेरोन्यूज २०७८ असोज १ गते १५:५५

काठमाडौँ । आजको खेलमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । अमेरिकाविरुद्ध क्रिकेट वर्ल्डकप लिग टूको दोस्रो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो ।

ओमानमा भइरहेको खेलमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको हो । आजको खेलमा विक्रम शोवको स्थानमा गुल्सन झा आएका छन् । ओडिआईमा उनको यो पहिलो खेल हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजीत गरेको थियो ।

प्रतिक्रिया