मंगलबार, चैत ६, २०८०

बालुवाटारमा कांग्रेस शीर्ष नेताको बैठक जारी

मेरोन्यूज २०७८ असोज १ गते १५:५३

काठमाडौं । नेपाली कांग्रेसको २१ जिल्लाको क्रियाशील विवादका विषयमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेतालाई बालुवाटार बोलाएका छन्। शुक्रबार दिउँसो ३ बजेबाट बालुवाटारमा बैठक जारी छ । बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, महामन्त्री पुर्णबहादुर खड्का, त्रियाशील छानबिन समितिका रमेश लेखक, कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालसहितको बैठक जारी रहेका एक नेताले मेरोन्युजलाई जानकारी दिए । ति नेताका अनुसार २१ जिल्लाको क्रियाशील विवाद समाधान गरेर पार्टीको वेवसाईटमा सार्वजनिक गर्ने र डडेलधुरामा प्रहरी लगाएर २५ गते गरेको वडा अधिवेशन पनि पुन गराउँनुपर्ने विषयमा छलफल जारी छ ।
१४ औं महाधिवेशनअन्तगर्तको ५६ जिल्लामा भदौं १८ गते नै वडा अधिवेशन सकिएको छ । अन्य विवाद रहेका २१ जिल्लामा अधिवेशन हुन सकेको छैन् ।
कांग्रेसको केन्द्रिय महाधिवेशन मंसिर ९ देखि १३ मा काठमाडौंमा हुदैछ ।

प्रतिक्रिया