बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा वडा अधिवेशन असोज ५ मा गर्ने

मेरोन्यूज २०७८ असोज १ गते १५:४३

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गतको काठमाडौं जिल्लाको वडा अधिवेशज असोज ५ गते भएको छ ।

आज निर्वाचन अधिकृतसँग बैठक गरेर जिल्ला कार्यसमिति काठमाडौंले वडा अधिवेशनको तयारी गरेको हो।

आज कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँको अध्यक्षतामा बसेको बैठकले वडा अधिवेशन तयारी गर्ने भएको हो । शनिबारसम्ममा काठमाडौंका सबै वडामा निर्वाचन अधिकृत खटाईने भएको छ ।


काठमाडौं महानगरसहितका विभिन्न नगरपालिकामा गरी कूल एक सय ३८ वडा छ। कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा ढिलो भएको थियो ।

प्रतिक्रिया