शुक्रबार, वैशाख १४, २०८१

सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

मेरोन्यूज २०७८ असोज १ गते १३:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिका १५ सितापाईलास्थित एक रेष्टुरेन्टबाट भाद्र ३० गते सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ । फक्राउ पर्नेमा काठमाडौँ जिल्लाको तार्केश्वर नगरपालिका ३ जितपुर बस्ने २४ वर्षिय सोनाम तामाङ्ग छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा पेस्तोल तथा गोली र उनले प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया