बिहीबार, वैशाख १३, २०८१

नेपाल अमेरिकासँग दोस्रो खेल खेल्दै

मेरोन्यूज २०७८ असोज १ गते १३:१४

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । अल अमिरात क्रिकेट मैदानमा प्रतिस्पर्धा हुने भएको हो ।

सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा हुने छ ।

उता अमेरिकालाई हराएको नेपाल ओमानविरुद्ध ५ विकेटले पराजित भएको थियो । अमेरिकाले बिहीबारको खेलमा ओमानसँग ४ विकेटको हार व्यहोरेको थियो । नेपाल र अमेरिकाबीचको खेल ४ः१५ बजेदेखि सुरु हुने छ ।

प्रतिक्रिया