बिहीबार, वैशाख ६, २०८१

सुनको मूल्य तोलामा १४ सयले घट्यो

मेरोन्यूज २०७८ असोज १ गते १२:३४

काठमाडौँ । सुनको मूल्य प्रति तोलामा एक हजार ४ सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ८९ हजार एक सय रुपैयाँमा कारोबार भएको हो ।

आज तेजावी सुनको मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउसमेत तोलामा ३० रुपैयाँले घटेको छ । १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया