शनिबार, वैशाख १५, २०८१

अर्काको नाममा परीक्षा दिँदै गर्दा पक्राउ

मेरोन्यूज २०७८ असोज १ गते ११:१८

पर्सा । अर्काको नाममा परीक्षा दिने एक जनालाई प्रहरले पक्राउ गरेको छ । जिल्लाको पर्सागढी नगरपालिका ८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा गत बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनी सोही नगरपालिका ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा दिँदै गर्दा पक्राउ परेका हुन् । उनले सोही ठाउँ बस्ने सन्दिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया