बिहीबार, वैशाख १३, २०८१

गुण एयरलाइन्सको पुनः उडान शुरु

मेरोन्यूज २०७८ असोज १ गते ९:४८
फाइल फोटो

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आज असोज १ गतेदेखि आफ्नो नियमित उडान शुरु गरेको छ ।

आफ्ना दुइवटा विचक्राफ्ट र थप गरिएका पाँच वटा जेट स्ट्रिमसहित कूल सात जहाजले उडान शुरु गरिएको कम्पनीले जनाएको छ । शुरुवाती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) उडान हुनेछ भने केही दिनपछि नै अन्य गन्तव्यहरु तुम्लिङटार, विराटनगर सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज र सुर्खेतमा उडान भर्ने योजना छ ।

आन्तरिकतर्फ नियमिति उडानका लागि बुकिङ्ग पनि धमाधम भइरहेको गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापाले बताए ।

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रुपमा परिचित गुण एयरलाइन्सका रुपमा पुनः उडान सुरु गरेको हो । गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो । सिम्रिकसँग दुई वटा अमेरिकी विचक्राफ्ट जहाज थिए । त्यसमा थप पाँच जहाज खरिद गरी जहाज संख्या सात पुर्याइएको हो ।

गुण एयरलाइन्सले हालै यति एयरसँग रहेका पाँच वटा खरिद गरेको थियो । गुणसँग दुई बिचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रीम भने ३० सिट क्षमताका हुन् ।

प्रतिक्रिया