शुक्रबार, वैशाख १४, २०८१

टि-२० सँगै एकदिवसीय प्रतियोगितामा पनि कोहलीको कप्तानीमा शंका

मेरोन्यूज २०७८ असोज १ गते ९:४३

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टि–२० विश्वकपपछि उक्त फरम्याटको कप्तानी छोड्ने घोषणा गरेका छन् । टि–२० विश्वकप १७ अक्टोबरबाट युएई र ओमानमा आयोजना हुँदैछ । उनले टि–२० फरम्याटको कप्तानी छोड्ने बताए पनि एकदिवसीय क्रिकेटमै उनी कप्तान रहन्छन् अथवा रहँदैनन् भन्ने विषय अन्योलमा रहेको बताइएको छ । सन् २०१४ पछि टेस्ट र २०१७ पछि उनी भारतको टि–२०, एकदिवसीय टोलीको कप्तान रहँदै आएका छन् ।

आफ्नो ब्याटिङमा केन्द्रित हुन कप्तान छोड्न लागेको कोहलीले बताए पनि उनको नेतृत्वलाई लिएर भारतीय खेलाडीबीचमा नै असन्तुष्टि रहेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले लेखेको छ । टि–२० क्रिकेटको कप्तानी छोड्ने बताउँदै गर्दा कोहलीले अन्य दुई विधा एकदिवसीय र टेस्ट क्रिकेटको कप्तानी भने आफैले गर्ने जनाएका थिए । यद्यपि, सन् २०२३ मा हुने एकदिवसीय क्रिकेट विश्वकपसम्म नै कोहली भारतीय कप्तान नरहन सक्ने भारतीय पत्रिकाले जनाएको हो ।

‘कोहलीलाई आफू ‘ब्हाइट बल क्रिकेट’ ९एक दिवसीय र टि–२०० को कप्तानबाट हटाइन लागेको थाहा थियो, त्यसैले उनले आउँदै गरेको टि–२० विश्वकप अघि नै विश्वकपपछि आफूले कप्तान पद छोड्न लागेको घोषणा गरेका हुन्’, भारतीय क्रिकेट बोर्डका एक उच्च अधिकारीलाई उधृत गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

यस्तै कोहलीलाई उप कप्तान रोहित शर्माबाट चुनौती थपिदै गएको विश्लेषण पनि हुने गरेको छ । ‘डे«सिङ रुपमा कोहलीलाई भन्दा रोहितलाई नेता मान्ने खेलाडी पनि रहेका छन्’, समाचारमा जनाइएको छ । ‘कप्तान कोहली तानाशाही प्रवृत्तिको र उप कप्तान शर्मा सबै खेलाडीसँग मिल्ने प्रकृतिको हुँदा खेलाडीहरु उप कप्तान शर्मासँग सहज हुने गरेको बताइन्छ ।

हालै बेलायतमा भएको वल्र्ड टेस्ट च्यापियशिपमा कप्तान कोहलीले लिएका निर्णय आलोचनाबाट टाढा थिएन । बेलायत र भारतबीच भएको टेस्ट शिरिजमा भारत २–१ ले अघि रहे पनि विश्वकै नंम्बर एक स्पिन बलर रविचन्द्र अश्विनलाई बेन्चमा बसाउने कप्तानको निर्णय आलोचना भएको थियो । भारतका महान ब्यास्ट् म्यान सचिन टेण्डुलकरपछि कै सर्वोउत्कृष्ट ब्यास्ट् म्यानका रुपमा कोहलीलाई लिइन्छ । कोहलीका व्यक्तिगत आकडालाई हेर्ने जो कोही उनको खेलप्रति नतमस्तक हुन्छ्न् ।

खेलाडीका रुपमा कोहलीको प्रर्दशन राम्रो भए पनि कप्तानको रुपमा उनको उत्कृष्टतामा भारतीयहरु नै प्रश्न गर्छन् । भारतमा कोहलीलाई भन्दा शर्मालाई राम्रो कप्तान मान्ने मानिसको कमी छैन । विशेषगरी आईपीएल प्रतियोगितामा शर्मा नेतृत्वको मुम्बई इन्डियन्सको प्रर्दशनका कारण पनि शर्माको प्रसंसा हुने गरेको पाइन्छ । शर्माको टोलीले हालसम्म पाँच पटक यस प्रतियोगिता जित्दै गर्दा कोहलीको रोर्यल च्यालेन्र्जस बाङलोरले एक पटक पनि प्रतियोगिता जित्न सकेको छैन ।

यता सन् २०१७ बाट भारतको ब्हाईट बल क्रिकेटको कप्तान भएका कोहली नेतृत्वको भारतले दुई पक्षिय प्रतियोगितामा हित हात पारे पनि कुनै ठूलो प्रतियोगिता जित्न सकेको छैन । उनी नेतृत्वको भारतीय टोलीले हालसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०१९ को एकदिवसीय विश्वकप थियो । उक्त प्रतियोगितामा भारत सेमिफाइनलबाट बाहिरिएको थियो । उक्त हारको प्रमुख कारण पनि कोहली नै रहेको धेरैको धारणा रहेको पाइन्छ ।
कोहलीले टि–२० विश्वकपपछि कप्तानी छोड्ने घोषणा गरेसँगै अर्का खेलाडी रोहित शर्मालाई कप्तान बनाईने अडकल लगाइएको छ । यद्यपि, भारतीय क्रिकेट बोर्डले यस विषयमा कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया